काठमाडौँ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानको तर्फबाट सम्पत्ति शुद्धिकरण अनुशन्धान विभागमा पूर्व प्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्षहरु र वर्तमान पदाधिकारी सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता भएको छ । अभियानको तर्फबाट अधिवक्ता स्वागत नेपालको नेतृत्वमा उक्त उजुरी दर्ता भएको हो ।
उजुरीको बुँदा नम्बर ४ मा भनिएको छ, ‘हालसम्मका नेपाल बार एसोसिएसनका बर्तमान पदाधिकारीहरु अध्यक्ष चण्डेश्वर श्रेष्ठ, लगायत पदाधिकारी तथा सदस्यहरु क्रमशः सुनिल कुमार श्रेष्ठ, मान बहादुर रुम्दाली, ईश्वरी प्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, रामचन्द्र सिंह राजपुत, मिन बहादुर महत, उमेश प्रसाद विष्ट, रक्षा बस्याल, लीलामणि पौडेल, रुद्र प्रसाद पोखरेल, शिवराज पण्डित, गंगा सागर खत्री, भिमसेन बञ्जारा, भुवन प्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे, अञ्जु कायस्थ, मोहन साशंकर, खिमानन्द अधिकारी, कल्पना कुमारी भण्डारी, बिना कुमारी सिंह चौधरी, पञ्च नारायण मण्डल, बद्री नारायण नगरकोटी, मनोज कुमार चौधरीको शुद्धीकरण गरिएको सम्बन्धमा समेत छानबिन गरी कारवाही अघि बढाई पाऊँ ।’
उजुरी पत्र :

