काठमाडौँ - बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज चौथो तथा अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको खेल शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजेबाट सुरु हुनेछ।
बंगलादेशविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि नेपालले भुटानसँग २-०, कतारसँग ३-१ र बहराइनसँग ६-० को हार व्यहोरेको थियो। नेपाल ३ खेलमा विना अंक पुछारमा रहेको छ।
बाहिरि सकेको नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ। ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहेको बंगलादेश पनि नेपाललाई हराउँदै दोस्रो जित निकाल्ने सोचमा रहेको छ।
यसअघि बहराइनसँग गोलरहित बराबरी खेले बंगलादेशले भुटानलाई २-१ ले हराउँदा कतारसँग ३-० को पराजय व्यहोरेको थियो। नेपाल र बंगलादेशलेले पिछल्लोपटक सन् २०१७ मा एकअर्काको सामना गरेका थिए।
साफ यू-१८ च्याम्पियनसिपअन्तर्गतको उक्त खेलमा नेपाल २-१ ले विजयी भएको थियो।