काठमाडौँ - इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा एसी मिलान घरेलु टोली टोरिनोसँग २-१ ले पराजित भएको छ। ओलम्पिको डि टोरिनो स्टेडियममा खेलको ३५ औं मिनेटमा कोफी डिजिडिजीले टोरिनोलाई अग्रता दिलाएका थिए।
३७ औं मिनेटानमा अलेक्सेइ मिरान्चुकले टोलीको अग्रता दोब्बर बनाए। ६७ औं मिनेटमा जुनियर मेसियसले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो प्रर्याप्त नबन्दा टोरिनोले २-१ को रोमाञ्चक जित निकाल्यो।
यो जितसँगै १२ खेलमा १७ अंकका साथ टोरिनो नवौं स्थानमा उक्लिँदा पराजित मिलान समान खेलबाट २६ अंकका साथ तेस्रो स्थानमा रहेको छ।