काठमाडौँ - बर्नेली इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। गएराति आफ्नो अन्तिम खेलमा न्युकासल युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएपछि बर्नेली रेलिगेसनमा परेको हो।
बर्नेलीले प्रिमियर लिगमा बढुवा भएको ६ वर्षपछि च्याम्पियनसिपमा झरेको हो। न्युकासललाई जित दिलाउन दुवै गोल कलुम विल्सनले गर्दा बर्नलीका म्याक्स्वेल कर्नेटले एक गोल फर्काएका थिए।
बर्नेली यो सिजन घटुवा हुने तेस्रो तथा अन्तिम टोली हो। यसअघि नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परिसकेका छन्। हारसँगै बर्नेली ३८ खेलमा ३५ अंक जोडेर १८ औं स्थानमा रहँदा जित हात पारेको न्युकासल ४९ अंकका साथ ११ औं स्थानमा रहेकाे छ।