गुरुङ संस्कृतिको फिल्म 'नैना'को गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ - गुरुङ संस्कृतिमा आधारित रहेर नेपाली भाषामा निर्माण गरिएको फिल्म 'नैना'को गीत सार्वजनिक भएको छ। फिल्ममा समावेशी ‘यो मुटु मेरो भन्नु मात्रै हो’ बोलको गीत सार्वजनिक गरिएको हो। 

गीतमा दुर्गा परियार र विजय लामाको स्वर रहेको छ। अनन्द गुरुङ र लक्ष्मी गुरुङ फिचर्ड रहेका छन्। जितेन्द्र क्षेत्रीको शब्द रहेको गीतमा पवन रानाले संगीत दिएका छन्।

दिप गुरुङले निर्देशन गरेको फिल्ममा अनन्द गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु लगायत कलाकारहरुको अभिनय रहेको छ। फिल्मको कथा जनक गुरुङले तयार पारेका हुन्।

विजय लामाले छायांकन गरेको फिल्मलाई मेकबहादुर थापाले सम्पादन गरेका छन्। यो फिल्म भदौ १८ गतेदेखि प्रदर्शन हुँदैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×