काठमाडौँ - सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ।
रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार ६ खेल सम्पन्न भएका छन्। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बिच भलिबलको उद्घाटन गर्दै रानीमहल बिच भलिबलको राजधानी बनाउन सकिने बताएका छन्। खेलकुदको राम्रो सम्भावना बोकेको रानीमहल क्षेत्र बिच भलिबलको हब बनाउन सकिने सचिव रेग्मीले बताए। कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताए।
बिहीबारदेखि सुरु खेलमा आज चार खेल हुनेछन्। चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए। पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबीच हुनेछ। दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबीच हुनेछ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ। चौथो खेल गण्डकी र प्रदेश नं १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिए।
महिलाबिच भलिबलका विजेताले रु एक लाख र उपविजेताले रु. ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले रु. ३० हजार नगद पुरस्कार दिने घोषणा गरेका छन्।