सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले लियो गोरेसँग बयान

काठमाडौँ - सुन तस्करीको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले केन्द्रीय कारागारमा रहेका चुडामणी उप्रेती ‘गोरे’ सँग बयान लिएको छ । सुन तस्करी र त्यससँग सम्बन्धित विषयबारे आयोगले बयान लिएको हो ।

अवैध रुपमा दुबईबाट ल्याएको सुन तस्करीमा उप्रेतीको संलग्नता रहेको देखिएपछि उनी थुनामा परेका थिए । उनी अहिले केन्द्रीय कारागारको गोलघरमा छन् । दुबईबाट तस्करी गरेर ल्याएको सुन काठमाडौँको बानेश्वरबाट हराएको थियो । हराएको ३३ किलो सुन नभेटिँदा गोरे समूहले चोरीमा संलग्न रहेको भन्दै सनम शाक्यको हत्या गरेको थियो । कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जनाकारी दिए ।

२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म भेटिएको छैन । सुन समितिले अहिले पुराना मुद्दामा संलग्नहरूसँग बयान लिइरहेको छ । उनीहरूबाट केही तथ्यहरू फेला पारेको पनि समितिले जनाएको छ । साथै अनुसन्धानका पुराना फाइलहरूको बारेमा पनि अध्ययन गरेको थियो । समितिले अहिलेसम्म औपचारिक अनौपचारिक गरी करिब ३ सय व्यक्तिसँग सोधपुछ गरिसकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×