राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाने

काठमाडौँ – चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदैछन् । जलवायु परिवर्तनको असरबारे बुझ्न उनी सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । 

गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भूभागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् । 

सोलुखुम्बुबाट फर्किएपछि गुटेरेस ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् भने त्यसपछि पोखरा जाने कार्यक्रम रहेको छ ।

आज पोखरामै बस्ने गुटेरेस भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरामा पत्रकार सम्मेलन गरी भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×