काठमाडौँ - भारत र आयरल्याण्ड बिचको टि-२० सिरिज सकिएपछि आइसीसीले नयाँ वरियता सार्वजनिक गरेको छ। ब्याट्सम्यानको सूचीमा पाकिस्तानका कप्तान बाबर आजम नम्बर १ मै कायम रहेका छन्। यससँगै बाबर आजमले ठूलो कीर्तिमान बनाएका छन्। उनले भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन्।
आईसीसीले बाबर आजम टी-२० वरीयतामा सबैभन्दा लामो समयसम्म नम्बर १ ब्याट्सम्यान बनेको जानकारी दिएको छ। यसअघि यो कीर्तिमान विराट कोहलीको नाममा थियो, जो १०१३ दिनसम्म टी-२० वरीयतामा नम्बर १ मा रहेका थिए।
बाबर आजम लामो समयदेखि टी-२० वरीयतामा नम्बर १ स्थानमा रहिआएका छन्। हाल उनको आईसीसी रेटिङ ८१८ छ, जबकि उनको करियरको उत्कृष्ट ८९६ छ। अर्कोतर्फ, विराट कोहलीको कुरा गर्ने हो भने उनि अहिले ५७१ रेटिङका साथ २१ औं स्थानमा रहेका छन्।