अभ्यास खेलमा दिपेन्द्र र रोहितको सतकका बावजुद हार्यो नेपाल

काठमाडौँ - दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलको सतकका बावजुद पनि बलिङमा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल भारतमा सम्पन्न डीडीसीएसँगको पहिलो अभ्यास खेलमा २ विकेटले पराजित भएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको ३ सय ४ रनको लक्ष्य डीडीसीएले ४९.३ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो।

डीडीसीएको जीतमा ओपनर साहिल मल्होत्राले सर्वाधिक ५२ रनको योगदान गरेका थिए। वैभव शर्मा ४४ रनमा आउट हुँदा सक्षम शर्माले ३३ रन जोडेका थिए। तिलक ठाकुर १५ रन, यश वर्धन ओबेरिया ४२ रनमा अविजित रहँदा मनिष श्रीवात १५ रनमा अविजित रहे। शिवम शर्माले २१ रनको योगदान गरेका थिए।

नेपालको बलिङमा कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा सोमपाल कामी, लिलित नारायण राजवंशी र हरिशंकर शाहले समान विकेट लिएका थिए।

नेपालको ब्याटिङमा रोहित पौडेलले सर्वाधिक १ सय १३ रनको योगदान गरेका थिए। यस्तै, दिपेन्द्रसिंह ऐरीले १ सय ९ रनको सतकिए इनिङ खेलेका थिए। आरिफ शेखले १८ रन, हरिशंकर शाह २५ रन र कुशल भुर्तेलले २१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नामिबियामा डिसेम्बर १ देखि आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारीका लागि नेपाली क्रिकेट टिम अहिले भारत भ्रमणमा रहेको छ। दोस्रो अभ्यास खेल नेपालले डीडीसीएसँगै शुक्रबार खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×