काठमाडौँ - दीपेन्द्र तिमल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेको नयाँ गीत ‘ए मेरो राजा’को भिडियो सार्वजनिक भएको छ।
गीतमा एचबिएन किस्मत र सपना घिमिरेको स्वरमा रहेको छ। माता मण्डली फिल्मले तयार गरेको उक्त गीतको भिडियो मास्टर टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
उक्त गीत सुनिल बिसीले लेखेका हुन् भने संगीत गायक किस्मतले नै भरेका छन्। गीतको भिडियोमा राजु मास्टर र गायिका सपनालगायतको अभिनय रहेको छ।
भिडियोको एसिस्टेन्ट कोरियोग्राफर राजाराम सिम्खडा र एसिस्टेन्ट निर्देशक लक्ष्मी तिमल्सिना रहेका छन्।