बलात्कार आरोपी पाण्डे विरुद्ध मानव बेचविखनमा मुद्दा चलाउने तयारी

काठमाडौं - आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्धको अनुसन्धान जारी रहेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई हिजो स्वयम्भूबाट पक्राउ थियो। उनीविरुद्ध कस्तो प्रकृतिको मुद्दा लगाउने भन्नेबारे प्रहरीले कानुनी परामर्श थालेको एक उच्च प्रहरी अधिकारीले बताए। उनले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले अरू के मुद्दा आकर्षित हुन्छ भन्नेबारे कानुनी परामर्श भइरहेको जानकारी दिएका छन्।

सम्भवतः पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी छ। आज सरकारी बिदा भएकाले सोमबार मात्रै म्याद थपलगायत प्रक्रिया सुरु गर्ने प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×