काठमाडौँ - भारतका चर्चित शेयर खेलाडी राकेश झुनझुनवालको निधन भएको छ। ६२ वर्षको उमेरमा झुनझुनवालाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बिरामी भएर अस्पताल भर्ना भएका झुनझुनवालालाई मुम्बईको ब्रीच अस्पतालले २ हप्ताअघि डिस्चार्ज गरेको थियो। तर, स्वास्थ्यमा समस्या भएपछि आइतवार बिहान पौने ७ बजे उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो। अस्पतालले झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको छ।
५ हजार रुपया लिएर शेयर मार्केट प्रवेश गरेका झुनझुनवालालाई भारतका ‘वारेन बफेट’ भनेर पनि चिनिन्छ। उनले शेयरबजारबाट अर्बौं रुपैया कमाएर एयरलाइन्स कम्पनीमा लगानी गरेका थिए।