रोनाल्डोबिनाको पोर्चुगल स्विट्जरल्याण्डसँग पराजित

काठमाडौँ - स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १-० अन्तरले पराजित भएको छ। चोटका कारण स्टार खेलाडी रोनाल्डो उपस्थित भएका थिएनन्।

हरिस सेफेरोभिचले यूईएफए नेसन्स लिग इतिहासमै सबैभन्दा चाँडै गोल गरेको खेलमा स्विट्जरल्यान्डले सोमबार राति पोर्चुगललाई १-० ले हराएको हो। सेफेरोभिचले ५५ सेकेण्डमा गोल गरेका थिए। बाँकी समय दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। 

जितसँगै तीन अंक जोडेको स्विट्जरल्यान्ड समूह-२ को पुछारमा रहेको छ। शीर्ष स्थानमा रहेको स्पेनले चार खेलबाट ८ अंक जोडेको छ। स्पेन भन्दा एक अंकले पछाडि रहेको पोर्चुगल दोस्रो स्थानमा रहेको छ। चेक गणतन्त्र ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

यससँगै स्विट्जरल्यान्डले अघिल्लो खेलमा पोर्चुगलसँग ४-० ले हारेको बदला लिन सफल भएको छ। स्विट्जरल्यान्ड स्पेनसँग १-० र चेक गणतन्त्रसँग २-१ ले पराजित भएको थियो। पोर्चुगलले भने स्पेनसँग १-१ को बराबरी खेलेको थियो भने स्विट्जरल्यान्डलाई ४-० र चेक गणतन्त्रलाई २-० ले हराएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×