नक्कली कागज पेस भएको भेटिएर आर्यन र केकीको नर्वेको भिसा रिजेक्ट

काठमाडौँ - फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएर भिसा रिजेक्ट भएकाे छ।

नर्वेमा फिल्म ‘तिम्रो नजर’ को छायांकनको लागि पेस गरीएको कागजमा नक्कलि हस्ताक्षर प्रयोग भएको भेटिकाे  प्रहरीको जनाएकाे छ। नक्कलि हस्ताक्षर भेटिएपछि अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ। साथै लेटरप्याड पनि नक्कलि भएको बुझिएको छ.

भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो।

शंका लागेपछि कलाकारसहितको भिसा आवेदन बारे दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो। तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि अनुमति नमागेको बताएको छ।

नेपाल पर्यटन बोर्डको ३०९,२०७८ र ७९ पत्र नम्बरमा गत जुलाई २० मा १४ जना कलाकारका लागि भिसा आवेदन पेस भएको थियो। दूतावासले भिसा पनि रिजेक्ट गरेको छ।

आर्यन र केकीले ‘तिम्रो नजर’ फिल्ममा काम गर्न लागेको हो वा होइन भन्ने विषयमा कुनै पनि जानकारी भने दिएका छैनन्। नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा फिल्मको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम रहेकाे जनाइएकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×