नोर्खिए र मिगुएलले दक्षिण अफ्रिकाले आयोजना गर्न लागेको टी-२० लिग खेल्ने

काठमाडौँ - दक्षिण अफ्रिकाका फास्ट बलर एन्रिक नोर्खिए र मिगुएल प्रिटोरियसले क्रिकेट दक्षिण अफ्रिकाले आयोजना गर्न लागेको टी-२० लिग खेल्ने भएका छन्। उनीहरु प्रिटोरिया क्यापिटल्समा अनुबन्ध भएका हुन्।

२८ वर्षीय नोर्खिएले इन्डियन प्रिमियर लिग (आईपीए) दिल्ली क्यापिटल्सबाट खेल्दै आएका छन्। उनले ३० खेलमा ४३ विकेट लिएका छन्।

दिल्ली क्यापिटल्सका मालिकले प्रिटोरिया क्यापिटल्सलाई किनेका छन्। उनी दक्षिण अफ्रिकाका उदाउँदो स्टार हुन्। उनले कूल ९८ अन्तर्राष्ट्रिय विकेट लिएका छन्। उनी हालै इङ्ल्यान्डविरुद्धको टी-२० सिरिज २-१ ले जितेको टोलीमा पनि सामेल थिए।

यससँगै २७ वर्षीय प्रिटोरियसले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। तर, टी-२० घरेलु क्रिकेटमा ३८ खेलमा ५४ विकेट लिएका छन्। उनले भर्खरै क्रिकेट दक्षिण अफ्रिकाले आयोजना गरेको प्रोभिजनल वन डे च्यालेन्जमा नाइट्सका लागि खेलेका थिए। प्रतियोगितामा उनी छैटौं सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

लिगको पहिलो सिजनमा छ फ्रेन्चाइजीहरू सहभागी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×