टी–२० शृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने

काठमाडौँ - सरकारले त्रिकोणात्मक टी–२० शृङ्खलाका विजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई रु जनही दुई लाख प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले रु एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही रु एक लाख प्राप्त गर्नेछन्। यही चैत १४ देखि २१ गतेसम्म काठमाडौँमा भएको नेपाल, पपुवान्युगिनी र मलेसियाबीचको प्रतियोगितामा नेपाली राष्ट्रिय टोली विजयी भएको थियो। विजेता खेलाडीलाई पुरस्कृत गर्ने प्रस्ताव खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×