काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) मिनी अक्सन २३ डिसेम्बर २०२२ मा कोचीमा हुने भएको छ। पछिल्लो पटक मेगा अक्सनमा प्रत्येक फ्रेन्चाइजले ९० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए भने यसपटक उनीहरुले ५ करोड भारु बढी अर्थात ९५ करोड खेलाडीमा खर्च गर्ने पाउने भएका छन्।
अन्तिम मेगा अक्सनपछि सबै 10 आईपीएल टोलीसँग केहि पैसा बाँकी थियो। अब यस अक्सनमा ५ करोड थपिनेछ। अहिले पञ्जाब किंग्सको पर्समा सबैभन्दा बढी रकम बाँकी रहेको छ। पछिल्लो लिलामी पछि, पञ्जाबसँग ३.४५ करोड रुपैयाँ बाँकी थियो। ५ करोड थपेपछि उनी ८.४५ करोड अक्सनका लागि बाँकी रहने छ।
त्यस्तै गत आईपीएलमा पहिलो पटक सामेल भएको लखनऊ सुपरजायन्ट्सले आफ्नो सम्पूर्ण रकम अघिल्लो अक्सनमा खर्च गरेकोले यस अक्सनमा ५ करोड मात्रै हुनेछ। ५ करोड थपिएपछि अब चेन्नई सुपर किंग्ससँग ७.९५ करोड, रोयल च्यालेन्जर्स बैंगलोरसँग ६.५५ करोड, राजस्थान रोयल्ससँग ५.९५ करोड र कोलकाता नाइट राइडर्ससँग ५.४५ करोड रुपैयाँ रहेको छ।
गत वर्षको डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स ५.१५ करोड रुपैयाँ लिएर अक्सनमा बस्ने छ। त्यस्तै, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सले ५.१० करोड भारु लिएर अक्सनमा जाने छन्।
रिटेन गरिएका खेलाडीको नाम नोभेम्बर १५ सम्म खुल्नेछ। सबै १० आईपीएल फ्रेन्चाइजीहरूले १५ नोभेम्बर २०२२ सम्ममा रिटेन गरिएका खेलाडीहरूको सूची जारी गर्नुपर्नेछ। पछिल्लो मेगा अक्सनपछि यस वर्ष मिनी लिलामी हुने भएको छ। यस पटक टोलीहरूले आफ्ना मनपर्ने खेलाडीहरूलाई सँगै राख्न सक्छन्।
रिपोर्टमा रविन्द्र जडेजालाई चेन्नई सुपर किंग्समा रिलिज गर्ने तयारी गरिरहेको छ भने दिल्ली क्यापिटल्सको टोलीले शार्दुल ठाकुरसहित ४ खेलाडीलाई रिलिज गर्ने बताइएको छ।
२०२३ को आइपिएल कहिले सुरु हुन्छ?
२०२३ को आइपिएल मा १० टोलीबीच कुल ७४ खेल खेलिनेछ। रिपोर्टका अनुसार आईपीएलको १६औं संस्करण मार्चको तेस्रो साताबाट सुरु भएर मेको अन्त्यसम्म चल्ने अपेक्षा गरिएको छ। २०२२ को आईपीएल मार्च २६ बाट सुरु भएर मे २९ सम्म चलेको थियो।
आईपीएल सन् २०२२ मा पहिलो पटक ८ को सट्टा १० टोलीमा आयोजना भएको थियो। प्रतियोगितामा गुजरात टाइटन्स र लखनउ सुपरजायन्ट्सका २ नयाँ टोली प्रवेश गरेका थिए। प्रतियोगिताको फाइनलमा हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको गुजरात टाइटन्सले सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर पहिलो पटकमै उपाधि जितेको थियो।