भारत। बलिउड अभिनेता जोन अब्राहमको सामाजिक सञ्जाल इन्सटाग्रामको खाता खाली भएको छ। करोडौँ प्रशंसक र कलाकर्मीहरू जोडिएको उक्त खाताबाट सबै पोस्ट डिलिट गरिएको छ। खाताबाट सबै तस्विर र भिडियोहरू हटाइएको छ। हालै नोभेम्बर २५ मा प्रदर्शनमा आएको चलचित्र 'सत्यमेव जयते २'मा देखिएका जोनले के कारणले यस्तो गरे भन्ने कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। केहि भारतीय सञ्चार माध्यमले उनको खाता ह्याक भएको अड्कल लगाईरहेका छन्। उनका प्रशंसकहरुले भने उनले केहि ठुलो घोषणाका लागि यसो गरेको बताएका छन्।