सरकारले गर्यो आगामी वर्षका लागि नौ दिन चाडपर्व बिदा थप

काठमाडौँ– आगामी वर्षका लागि सरकारले चाडपर्व बिदा नौ दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार विभिन्न पर्वमा बिदा थप गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयसँगै आगामी वर्षदेखि दसैं बिदा द्वादशीसम्म हुनेछ। यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा दिइने गरिएको थियो। त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । 

थपिएका अन्य बिदामा क्रिसमस, उधौली र उभौली तथा मोहम्मद जयन्ती समेत रहेका छन्। त्यसैगरी, तमु, सोनाम र ग्याल्पो ल्होसारमा पनि बिदा दिने निर्णय भएको छ । 

यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×