काठमाडौँ - भारतीय कप्तान रोहित शर्माले आईसीसी टी-२० विश्वकपको इतिहासमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय खेलाडी युवराज सिंहको कीर्तिमान तोडेका छन्।
बिहीबार सिड्नीमा नेदरल्याण्ड्सविरुद्धको खेलमा रोहित शर्माले यो कीर्तिमान तोडेका हुन्। खेलमा ३ छक्का लगाएसँगै रोहितले टी-२० विश्वकपमा आफ्नो छक्काको संख्या ३४ पुर्याएका छन्। यसअघि युवराज सिंहको नाममा ३३ छक्का थियो।