काठमाडौँ - हिन्दी तथा गुजराती टेलिभिजन कार्यक्रम तथा धारावाहिकका लोकप्रिय कलाकार रसिक दवेको ६५ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ।
किड्नीको समस्याका कारण मुम्बईमा उपचारकै क्रममा उनको निधन भएको बताइन्छ । उनी पछिल्लो १५ दिनदेखि अस्पतालमा भर्ना भएका थिए।
टेलिभिजनको क्षेत्रमा दवे एक लोकप्रिय कलाकारको रुपमा स्थापित थिए। उनले संस्कारः धरोहर अपनों की, सीआईडी, कृष्णा जस्ता विभिन्न लोकप्रिय टेलिभिजन कार्यक्रममा काम गरेका थिए। उनले अभिनेत्री केतकी दवेसंग विवाह गरेका थिए।
दवे पछिल्ला केही वर्षदेखि मृगौलाको डाइलासिस गराइरहेका थिए। २ साताअघि मात्रै उनलाई अस्पतालमा भर्ना गरिएको थियो। केतकी तथा रसिकका दुई सन्तान रिद्धि तथा अभिषेक छन्।