विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्दै सुरक्षाकर्मी

काठमाडौँ -  धुलिखेलको रङ्गशालाको एउटा छेउमा स–साना छाप्रो  निर्माण गरिएको छ।

छाप्राको वरपर कोही सरसफाइ गर्दै,  कोही मादल बजाएर नाचिरहेका त कोही साइकल चढिरहेको देखिन्छ। छेउमा दुई व्यक्ति काठको मुढा चिर्दै गरिरहेका बेला अचानक कुनाको एउटा छाप्रोमा आगालागी हुन्छ। त्यसैको छेउमा रहेको अर्को छाप्रोमा पनि त्यही आगोको लप्काले भेटेर ह्वरह्वारती अन्य छाप्रा पनि बल्न थाल्छ। आगलागीबाट कारण एकजना घाइते भएको देखिन्छ। आगो निभाउन हारगुहार गरेपछि बल्ल सुरक्षाकर्मीको टोली पुगेर आगो नियन्त्रणमा लिने र घाइेतलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने काम हुन्छ।

यो दृश्य थियो काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित रङ्गशालामा प्रदर्शन गरिएको विपद् व्यवस्थापन न्यूनीकरणका लागि  पूर्व तयारीको संयुक्त अभ्यास। नेपाली सेनाको कालीजङ्ग गण, जिल्ला प्रहरी कार्यालय, पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं गण र नेपाल रेडक्रस सोसाईटी बनेपा शाखाको संयुक्त आयोजनामा जुनसुकै बेलामा हुनसक्ने विपद् जोखिम व्यवस्थापनका लागि पूर्व तयारीको क्रममा प्रदर्शन गरिएकोे अभ्यासले  सर्वसाधारणलाई  विपद््को बेलामा सतर्क रहन  र गर्नुपर्ने व्यवहारका सम्बन्धमा  सन्देश प्रवाह गरिएको हो।

प्राकृतिक प्रकोपका बेलामा सुरक्षा फौज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस तथा अन्य सरोकारवाला सङ्घ संस्थासँगको समन्वयमा विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा नमूना कार्य प्रदर्शन गरिएको कालिजङ्ग गणका उपसेनानी अनिश बाँस्कोटाले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×