अष्ट्रेलियाबाट सपना पुनको ‘सालीनानी’ सार्वजनिक

काठमाडौं - पछिल्लो समय नेपाली लोक तथा संस्कृति देश तथा विदेशमा निकै नै फस्टाउँदै गएको छ । हाम्रै भिरपाखा, लेकबेसी तथा गाउँ समाजका कथा ब्यथालाई सांगितकि माध्यमबाट चित्रण गर्ने गरिएको छ । 

यसै क्रममा परदेशमा रहेर पनि देशको माया प्रेमलाई सांगितिक माध्यमबाट विश्वा बजारमा आउनेक्रम बढीरहेको छ । बाध्यताले परदेशी हुन् परे पनि घरदेशीको माया उस्तै रहेको कलाकारहरुले प्रस्ट्याएको देख्न सकिन्छ ।

यस्तै भिडमा अष्ट्रेलियामा पहिलोपटक कौडा तथा चुड्का गीत छायांकन गरिएको छ । सपना पुनको प्रस्तुतीमा ‘सालीनानी’ बोलको कौडा तथा चुड्का गीत सार्वजनिक गरिएको हो ।

‘सालीनानी’मा परदेशबाट कौडा किङ मोडल गायक तथा सर्जक गणेश गुरुङ जोडिएका छन् । त्यस्तै अर्की गायिका सुष्मा पुन पनि यहि भिडमा जोडिन आई पुगेकी छिन् ।

हालै गायका कौडा किङ गणेश गुरुङ र गायिका सुष्मा पुनको सुमधुर स्वारमा ‘साली नानी’ बोलको कौडा तथा चुड्का गीत सार्वजनिक गरेका छन् ।

जसमा सामुहिक स्वर गायकद्वाय दुर्गा गुरुङ, तेजेन्द्र दुरा गायिकाद्वाय भिमु गुरुङ, सुमितामी परियारको रहेको छ । गीतको शब्द तथा संगीत कौडा किङ गणेशको रहेको छ भने उक्त गीतको संगीत संयोजन दुर्गा गुरुङको रहेको छ ।

गीतमा मिक्सिङ मास्टरिङः कृष्ण लामिछानेको रहेका छ । जुन गीत अष्ट्रेलियाको  नोपोमेलो रेकर्डिङ स्टुडियोबाट समिर आचार्यले रेकर्ड गराएका हुन् । ‘सालीनानी’को म्यूजिक भिडियोतर्फ सपना पुनको प्रोडक्सनमा अष्ट्रेलियामा छाँयाकन गरिएको हो ।

म्यूजिक भिडियोमा आफ्नो कलालाई दर्शकसामु पुराएर दर्शकको मन जित्न सफल, निकै ख्याती प्राप्त मोडल तथा निर्देशक राजीव बलामीको निदेर्शनमा रहेको छ । जसमा फूलु मगरको धमकेदार कोरियोग्राफी देख्न सकिन्छ । 

म्यूजिक भिडियोको स्क्रिनमा विन्दु गुरुङ, शिला गुरुङ, सृष्ठि मगर, स्वार्निमा गुरुङ,  स्मृति गुरुङ, प्रिया गुरुङ तथा अन्न्यको निकै दमदार नृत्य तथा कला देख्न सकिन्छ । भिडियोमा निर्देशक वलामीले कौडा किङ गणेश गुरुङ र सपना पूनलाई मुख्य पात्र बनाई फिचरिङ गराएका छन् ।

यस गीतको म्यूजिक भिडियोलाई राजिव बस्नेतले छाँयाकन गरेका हुन्, भने चर्चित भिडियो सम्पादक विष्णु शर्माले सम्पादन गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×