काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ ।
सो गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।
किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।
सुरक्षा पन्तको पटकथा रहेको भिडियोमा चेलिबेटी बेचबिखनमा संलग्न गिरोहले कसरी सोझा सीधा चेलिबेटीहरुलाई आफ्नो जालमा पार्छन् भन्ने देखाइएको छ ।