राजेश हमालको आवाज रहेको अर्को एक गीत सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्रका लोकप्रिय अभिनेता राजेश हमालको आवाज रहेको अर्को एक गीत सार्वजनिक भएको छ। 'गाउँले ठिटो' बोलको उक्त  गीतमा गोविन्द भट्टको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत तथा गोपाल रसाइलीको संयोजन रहेको छ।

गीतको भिडियोमा राजेशसँगै, उत्तम के.सी, शिवराज कार्की, सुरेन्द्र कुमार दाहाल, गोविन्द भट्ट, सुनिल देवकोटा आदि कलाकारहरुको अभिनय रहेको छ। देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'गरिमा फ्लिम्स'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×