आज उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनसक्ने

काठमाडौँ- जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ। देशमा कुनै उल्लेखनिय माैसम प्रणाली नभएपनि बिहान तराईका थोरै भू-भागमा हुस्सु-कुहिरो लागेको छ।

दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ।

त्यस्तै, आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×