फिल्म 'लण्डन टु पेरिस' फागुन ५ गतेबट प्रदर्शन हुने

काठमाडौँ - घनश्याम लामिछाने निर्देशित फिल्म 'लण्डन टु पेरिस'को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म फागुन ५ गतेदेखि प्रदर्शन हुने निर्देशक लामिछानेले जानकारी दिएका छन्। एबी इन्टरनेसनलले निर्माण गरेको फिल्म बेलायत र फ्रान्समा छायांकन गरिएको छ।

'लन्डन टु पेरिस'को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। आधुनिक प्रेमकथामा आधारित फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, कबिर खड्का, निश्चल खड्का, मनिष श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मको सह-निर्माता अजित सिंह हुन्। यसअघि फागुन ५ गतेलाई गायक प्रकाश सपुत अभिनित फिल्म 'परदेशी २'ले प्रदर्शन मिति घोषणा गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×