चार बलमा चार विकेट गुमाउँदै अस्ट्रेलिया भारतसँग पराजित

काठमाडौँ - टी-२० विश्वकप क्रिकेटको अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ। अष्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो। सूर्यकुमार यादवले ५० तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए। अभ्यास खेल भएपनि दुवै टोलीका खेलाडीले जितका लागि मैदानमा पूर्ण शक्ति लगाएको देखियो।

खेलको अन्तिम ओभर सबैभन्दा रोमाञ्चक क्षण बन्यो। कप्तान रोहित शर्माले सबैलाई चकित पार्दै बल मोहम्मद शामीलाई दिएका थिए। अष्ट्रेलियालाई खेल जित्न ११ रन आवश्यक थियो। शमीको अगाडि प्याट कमिन्स थिए। पहिलो बल लो फुट टस थियो र कमिन्सले लङ अन तर्फ खेल्दा सजिलै २ रन चोरे।

दोस्रो बल खेल्न पनि कमिन्सलाई खासै समस्या भएन र मिड विकेट क्षेत्रबाट २ रन लिएर उनले हार-जितको अन्तरलाई थप घटाए। सामीको तेस्रो बलमा कमिन्सले कडा प्रहार गर्दा खेल बराबरी हुने देखियो। बल हावामा थियो र बाउन्ड्री रेखा पार गर्न लाग्दा विराट कोहली अगाडि आएका थिए। हावामा उफ्रँदै कोहलीले १ हातले बललाई क्याच गरेर लगभग छक्का भएको बललाई विकेटमा परिणत गरेका थिए।

चौथो बल विकेटको पछाडि दिनेश कार्तिक पुग्यो, एस्टन अगरले कठिन रन चोर्ने प्रयास गरे र कार्तिकको थ्रोमा कुनै गल्ती नगरी विकेट उडाइदिए। शामीले पाँचौं बलमा ट्रम्प कार्ड खेलेका थिए। योर्कर बलिङ गर्दा उनले नयाँ ब्याट्सम्यान जोस इन्ग्लिसलाई बोल्ड गरे। खेल भारतको पकडमा थियो । शमीले अन्तिममा केन रिचर्डसनको बेल छर्दै शामीले आफ्नो तेस्रो शिकार बनाए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×