सुक्खा पहिराले पुरिएर एकको मृत्यु, दुई घाइते

काठमाडौँ - बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरा जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ। इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए। 

पहिरामा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×