जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

जुम्ला - जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन्। रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन्। उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्दी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय १५ मत प्राप्त गरेका हुन्।

त्यस्तै, उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन्। उनले २ हजार ४ मत प्राप्त गरेकी छन्। उनकी नकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन्।

२०७४को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा ऐमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए भने माओवादी केन्द्रकै बिष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थइिन्। यस पटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×