सिन्धुपाल्चोक - मतदानका क्रममा सिन्धुपाल्चोकको मेलम्ची ४ स्थित ज्यामिरेमा विवाद भएको छ। आधिकारिक व्यक्तिले मत नहालेर अशक्त र अपांगको नाममा अरुले नै मत प्रभावित गर्ने गरी मतदान गर्ने विषय उत्कर्षमा पुगेपछि त्यहाँ नेपाली सेता र प्रहरीलाई बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ।
विवाद भएपछि सेना र प्रहरी परिचालन गरिएको र अहिले अवस्था सामान्य भएका कारण निर्वाचन भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताएका छन्।
अहिले त्यहाँको अवस्था सामान्य रहेको छ। बिहान ७ बजेदेखि देशका ७ सय ५० स्थानमा स्थानमा निर्वाचन भइरहेको छ। केही स्थानमा झडप भएका कारण निर्वाचन स्थगित भए पनि देशका अधिकतम स्थानमा शान्तिपूर्ण वातावरणमा भइरहेको छ। तर यसको आधिकारीक जानकारी गृह प्रशासनले दिएको भने छैन।