रूखबाट खसेर एकको मृत्यु

काठमाडौँ - म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीअगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२-४३ वर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले रूखबाट खसेर सख्त घाइते भएका पुनलाई उपचारका लागि बेनी अस्पताल पुर्याइएको थियो।

प्रहरीका अनुसार असपताल पुर्याइसक्दा राईको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×