दुई महिनापछि छायांकन सुरु हुने ‘चिसो वर्ष’मा सोनम तोप्देनले पाए मुख्य भूमिका

काठमाडौँ - गायक तथा नायक सोनम तोप्देनले ‘चिसो वर्ष’ नामक सिनेमामा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन्।

मीनबहादुर भामले निर्देशन गर्ने यस चलचित्रमा उदयमान नायक तोप्देनले मुख्य भूमिका पाएका हुन्। गायनबाट अभिनयमा प्रवेश गरेका तोप्देनले यसअघि ३ वटा चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका छन्।

उनको नयाँ चलचित्रको छायांकन २ महिनापछि मात्रै सुरु हुनेछ। ‘चिसो बर्ष’मा मानव जीवनमा आईपर्ने सुःख दुःख तथा बरोजगारीको पीडा प्रस्तुत गरिने जनाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×