काठमाडौँ। राजु परियार र देवी घर्तिको आवाज रहेको नयाँ लोकदोहोरि गीत 'मृत्यु' सार्वजनिक भएको छ। गीतमा किरण घर्ति मगरको शब्द तथा संगीत रहेको छ भने पदम बि.सीको संयोजन रहेको छ। गीतको भिडियोमा आशिर प्रताप जंग, साया भण्डारी, खेम घर्ति र आस्था विश्वकर्माको अभिनय रहेको छ। पवन परियारको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'रोहित पुन मगर अफिसियल'मा उपलब्ध छ।
भिडियो: