केजीएफ च्याप्टर २ को मारमा ए मेरो हजुर ४ ;  मल्टिप्लेक्समा पाएन पर्याप्त शो

काठमाडौँ - आगामी बैशाख १ गते सार्वजनिक हुने भएको 'ए मेरो हजुर ४' दक्षिण भारतिय फिल्म 'केजीएफ च्याप्टर २'को मारमा परेको छ। बैशाख १ गते तै सार्वजनिक हुन लागेको दक्षिण भारतिय फिल्म 'केजीएफ च्याप्टर २'का कारण 'ए मेरो हजुर ४'ले मल्टिप्लेक्समा पर्याप्त शो प्राप्त गर्न सकेको छैन। 

क्युएफएक्सले केजीएफका लागि देशभर ८४ शो दिएको छ भने 'ए मेरो हजुर ४' लाई २८ शोमा खुम्च्याएको छ। उपत्यकाको मल्टीप्लेक्स चेन बिग सिनेमाले पनि केजीएफको लागि १३ वटा शो छुट्याउँदा ए मेरो हजुर लाई जम्मा ४ शो दिएको छ। यसै गरी एफक्युबमा 'केजिएफ च्याप्टर २' ले १४ शो र 'ए मेरो हजुर ४'ले ३ शो पाएका छन्। क्युएस, सिडीसी, वान सिनेमा र बिएसआरमा पनि 'ए मेरो हजुर ४' ले पर्याप्त शो पाउन सकेन। प्राप्त गरेका शोमा पनि यस चलचित्रको प्रि–बुकिङ कमजोर देखिएको छ।

भारतीय सिनेमा भने ३ दिनसम्मको लागि हाउसफुल भइसकेको त। 'ए मेरो हजुर ४' को प्रि-बुकिङ कम भएको कारण शो कम दिइएको एक हल सञ्चालकले बताए। अहिले भारतीय सिनेमाको बढ्दो आकर्षण हेर्दा दोस्रो दिनबाटै 'ए मेरो हजुर ४'को शो थप घटाउन सकिने हल सञ्चालकको भनाइ रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×