लोकसेवाको परीक्षामा उत्तर बनिन् सुरक्षा पन्त

काठमाडौँ - गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन्।

आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन्। तर नेपाली फिल्मबाटै कसले कान्समा पहिलोपटक हिंड्ने अवसर पाउनेछ भन्ने त्यो भविष्यको कुरा हो।

कान्स रेडकार्पेटमा हिंडेकी सुरक्षा नेपाली मात्र होइन, विश्व मिडियामा चर्चाको विषय बनिन्। उनको यो चर्चालाई नेपालको लोकसेवा आयोगले पनि पछ्याएको छ। असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न सोधिएको छ।

प्रश्न नम्बर १९ मा लोकसेवाले सोधेको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ? प्रश्नमा चारवटा विकल्प छन्- प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर।

लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै सुरक्षाले खुसी व्यक्त गरेकी छिन्। ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ उल्लेख गर्दै उनले हर्ष व्यक्त गरेकी छिन्। उनले आफ्नो शुभचिन्तक मार्फत उक्त कुरा थाहा पाएको भन्दै खुसी व्यक्त गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×