६५ भन्दा बढी मुलुकलाई पछाडि पार्दै नेपालका ढकालले जिते ‘बेष्ट रेफ्री अवार्ड’

काठमाडौँ - नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित भएका छन्।

यही चैत १८ देखि २० गतेसम्म  स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनले बेष्ट रेफ्री बन्न सफल भएका हुन्। विश्वका  ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए।

सबै देशका निर्णयकहरू (रेफ्री)मध्ये उनी उत्कृष्ट घोषित भएका हुन्। यसअघि, बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णयक थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×