काठमाडाैं उपत्यका काेराेना संक्रमणकाे 'हट स्पट', एकैदिन ३ हजार बढीमा काेराेना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर ५ हजार १६ जनामा संक्रमण हुँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार १३१ जनामा काेराेना पुष्टि भएकाे हाे ।

मन्त्रालयका अनुसार काठमाडाैं जिल्लामा २ हजार ४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल उपत्यकामा मात्र ५४ हजार सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ गरेर ५४ हजार ८६३ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत केही दिनदेखि काठमाडाैं उपत्यका काेराेना संक्रमणकाे हट स्पट बनेकाे देखिएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×