क्यानलाई सन्दीपको आग्रह-म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गर्नुस्, सीपीएल खेलेर फर्किन्छु

काठमाडौँ - एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन्।

लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन्। कार्यवाहक सचिव मल्लले सन्दीपसँग सम्पर्क भएको स्वीकारेका छन्। सन्दीपले क्यान समक्ष आफू निर्दोष रहेको बताएको उनले जनाएका छन्।

‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन्। कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु पर्‍यो भनेका छन्। सन्दीपले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन्,’ मल्लले भने।

राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीपले एक किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। टी-२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीप माथि लागेको छ।

कार्यबहाक सचिव मल्लले सन्दीपलाई आरोप मात्रै लागेको र संस्थागत रूपमा क्यानले १ खेलाडीलाई पर्दा आवश्यक सहयोग गर्ने बताएका छन्।

‘उनि हाम्रो खेलाडी हुन्,’ मल्लले भने, ‘आरोप लाग्दैमा उबाट हामी टाढा भयौँ भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने? सन्दीप आरोपित मात्रै हुन्। सन्दीपलाई हामीले सहजीकरण नगरे अरू खेलाडीको मानसिकता के हुन्छ। हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ,’ मल्ले भने।

सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन्। उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिबद्धता जनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×