काठमाडौँ - नेपालमा सर्वाधिक चलेको फिल्म कबड्डी-४ हङकङमा देखाउने तयारी भएको छ। एलजी एसोसिएसन हङकङले युनलोङ थिएटरमा २४ जुलाईमा कबड्डी-४ प्रदर्शनको तयारी गरेको हो।
एलजी एसोसिएसन अन्तर्गत चेतन गुरुङ र हिमाल रानाको पहलमा फिल्म देखाउन लागिएको हो। आयोजक चेतन गुरुङले फिल्म प्रदर्शनको समय साँझ साढे ७ बजे तोकिएको बताएका छन्।
कोभिडले गर्दा लामो समयपछि मात्र हङकङमा नेपाली फिल्म देखाउन लागिएको र नेपालमा सर्वाधिक चलेको फिल्म भएकाले प्रदर्शनको केही साताअघि नै टिकट ‘सोल्ड आउट’ भएको आयोजकले बताएका छन्।
‘कबड्डी-२, ३ को सफलतापछि हाम्रो एलजी ग्रुपकै सदस्य तथा साथी विशाल गुरुङले कबड्डी-४ निर्माण गरेका हुन्’, चेतनले भने, ‘हङकङमा कबड्डी-२, ३ र साँइली फिल्म पनि देखाइसकेका छौँ।’