काठमाडौँ - एट्लेटिको मड्रिडको जितविहिन यात्राले लगातार पाँचौ खेलसम्म निरन्तरता पाएको छ। बुधबार स्पेनिस ला लिगामा डिएगो सिमोन्सको टोली मार्लोकासँग १-० ले पराजित भएको हो।
१६ औं मिनेटमा भिडट मुरिक्विले गरेको गोल मार्लोकालाई एट्लेटिकोविरुद्ध स्पष्ट ३ अंक जोड्न पर्याप्त भयो। १४ खेलमा २४ अंक जोडेको एट्लेटिको चौथो स्थानमा रहेको छ भने समान खेलमा १९ अंक बटुलोको मार्लोका १० औं स्थानमा रहेको छ।
एट्लेटिकोले शनिबार कोपा डेल रे मा अल्माजनको सामना गर्नेछ। ला लिगमा भने एट्लेटिकोले डिसेम्बरको अन्त्यमा इल्चेको सामना गर्नेछ।