फिफा विश्वकप: अन्तिम १६ का दुई खेल हुँदै

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि-क्वाटरफाइनलका दुई खेल हुँदैछन्। पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।

अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ। आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन्। जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ। आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ। ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×