अनलाइन पुम्सेमा लामा निर्णायक

काठमाडौँ - दक्षिण कोरियाको मुजु सहरमा आयोजना हुने मुजु तेक्वान्दो अनलाइन वल्र्ड तेक्वान्दो पुम्से ओपन च्यालेन्समा नेपालका नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। वल्र्ड तेक्वान्दोले ६४ राष्ट्रका ६४ जना अन्तर्राष्ट्रिय निर्णायक छनोट गर्दा नेपालबाट लामा मात्रै छनोट भएका हुन्।

च्याम्पियनसिपका लागि खेलाडीले शुक्रबारसम्म आयोजकलाई भिडियो पठाइसक्नु पर्नेछ। उमेर समूहका आधारमा खुला, राष्ट्रिय र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ। खेलाडीको भिडियो सात रेफ्रीलाई पठाउने र रेफ्रीहरूले दिएको अंकका आधारमा विजेता छनोट गरिनेछ। 

च्याम्पियनसिपमा जुलाई २४ देखि २७ सम्म प्रिमिनरी राउन्ड, अगष्ट ३ देखि ७ तारिखसम्म सेमिफाइनल र अगष्ट २२ देखि २४ तारिखमा फाइनल प्रतिस्पर्धा हुनेछ। अगष्ट २७ मा विजेता घोषणा गरिने भएको छ। 

लामाले वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। उनले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×