काठमाडौँ - अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन्।
आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकालेका हुन्।
दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को सेट निकाले। जोकोभिचको यो सातौँ पटकको विम्बल्डन उपाधि हो भने २१औँ ग्रान्डस्लाम उपाधि हो।
जितको भावमा भावुक हुँदै जोकोभिचले यो जितलाई सम्बोधन गर्ने कुनै शब्द नभएको जनाएका छन्। ‘यो प्रतियोगिता, यो ट्रफी मेरो, मेरो टोली र मेरो परिवारको लागि के हो भनेर मैले बयान गर्न सक्दिनँ, म निःशब्द छु।’ ट्रफी उचाल्दै जोकोभिचले भनेका थिए।