भारतका गृहमन्त्री शाहसँग राजदूत शर्माको भेटवार्ता

काठमाडौँ - भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको राजदूत शर्मा बताए।

गृहमन्त्री शाहसँग भेटेर कुरा गर्न पाउँदा खुसी लागेको राजदूत शर्माको प्रतिक्रिया छ। शर्माले  असारमा भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गरेका थिए। 

यस्तै राजदूत शर्माले साउनमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका थिए। पछिल्लो समय राजदूत शर्माले भारतीय पक्षको भेटवार्तालाई तीव्रता दिएको देखिन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×