मेस्सीको हजारौं खेल: विश्वकप फुटबलको नकआउट चरणमा पहिलो गोल

काठमाडौँ -अर्जेन्टाईन स्टार खेलाडी लियोनल मेस्सीले कतार विश्वकपमा अष्ट्रेलिया विरुद्ध खेलेको खेल उनको १०००औं खेल थियो। उक्त खेलमा आफ्नो टोलीलाई जिताउन प्रमुख भूमिका खेलेका मेस्सीले ७ सय ८९औं व्यवसायीक करियर गोल गरेका छन्। उनको त्यही गोलले अग्रता लिएको अर्जेन्टिनाले अष्ट्रेलियालाई दबाबमा राख्न सुरु गर्‍यो र अन्तमा २-१को नतिजा आफ्नो तर्फ पार्न सफल भयो।

मेस्सीले राउण्ड अफ सिक्सटिनमा अष्ट्रेलिया विरुद्ध गरेको गोल विश्वकप फुटबलको नक-आउट चरणमा गरेको पहिलो गोल थियो। आफ्नो करियरको हजारौँ खेल खेलिरहेका मेस्सीले विश्वकप फुटबलको नकआउट चरणमा पहिलो गोल हुनु पनि अनौठो संयोग हो। सन् २०१४ मा अर्जेन्टिना विश्वकप फाइनलमा पुगेको थियो।

विश्वकपको फाइनल पुगेको टोलीका प्रमुख खेलाडीको नकआउट चरणमा पहिलो गोल सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो। उनले विश्वकप फुटबलमा ९ गोल गरिसकेका छन्। अर्जेन्टिनाका लागि उनको यो ९४औं गोल हो।

३५ मिनेटसम्म अष्ट्रेलियाले अर्जेन्टिनालाई दबाबमा राखेको थियो। ३५औं मिनेटमा पाएको अवसरलाई मेस्सीले आफ्नो जादुमय खेल कौशल देखाउँदै दर्शनीय गोल गरेका थिए। आफ्नो टोलीलाई आवश्यक परेको बेलामा त्यो स्तरको गोल गर्न सक्षम हुनाले उनलाई जादुगर मेस्सी भन्ने गरिन्छ।

विपक्षीको डि-बक्स भित्र चार खेलाडीको बीचबाट गरिएको गोल उनको करियरमा गरिएको १ उत्कृष्ट गोल रहेको हो। विश्वकप फुटबलको नकआउट चरणमा आएको गोलको जहिल्यै महत्त्व हुने गरेको छ। त्यो गोल मेस्सीको गोडाबाट आउनु त्यो झनै लोभलाग्दो देखिने गरेको छ।

अर्जेन्टिना यो विश्वकप जित्ने लक्ष्यका साथ अघि बढिरहेको छ। कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग पराजय भोगेको अर्जेन्टिना त्यसपछि सम्हालिएर खेल्दै अघि बढिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×