काठमाडौँ - महिला एसिया कपमा, पाकिस्तानले युएईलाई ७१ रनले हराएर ५ खेलमा चौथो जित दर्ता गरेकाे छ। उता थाइल्याण्डले मलेसियालाई ५० रनले हराएर लगातार तेस्रो जित दर्ता गरेको छ।
पाकिस्तानको टोली ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ र सेमिफाइनलमा पुगेको छ। अर्कोतर्फ, थाइल्याण्डको टोली ६ अंकसहित चौथो स्थानमा छ र उसको सेमिफाइनलको आशा पनि जीवितै रहेकाे छ।
पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो। ववाफमा युएईले २० ओभरमा ५ विकेट गुमाएर ७४ रन मात्र बनाउन सकेको थियो।युएईका लागि इशा ओजाले २२ रन दिएर ३ विकेट लिएकी थिइन्। पाकिस्तानका लागि आलिया रियाजले ३६ बलमा ५७ रन बनाइन्। उनी प्लेयर अफ द म्याच घोषित भएकी थिइन्।