चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन भइ सकेको छ । उक्त महाधिवेशनलाई शुभकामना मन्तव्य दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीलाई नेपालको नक्सामा लिपुलेक तथा लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेर ऐतिहाँसिक काम गरेकोमा धन्यवाद दिएका छन् ।
आफ्नो पार्टीको महाधिवेशनको व्यस्तताका वावजुत चितवनमा आएर राप्रपा अध्यक्ष कमल थापा शुभकामना व्यक्त गर्न आएका हुन् । उनले यस एमालेको महाधिवेशनलाई विदेशी शक्तिहरुले पनि बडो उत्सुक्ताका साथ हेरिरहेको बताए । उनले अहिले नेपालमा वाह्य शक्तिको चलखेल र प्रभाव तिब्ररुपमा बढ्दो रहेको पृष्ठभूमीमा महाधिवेशन भइ रहेको हुँदा यसले नेकपा एमालेबाट सहासिक निर्णयको अपेक्षा समेत गरे । उनले केपी ओली जस्तो दृढ आवाज र राष्ट्रवादी चिन्तन भएको नेताले नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट मुक्त बनाउनका निमित्त ऐतिहासिक योगदान पुर्याउन सक्ने विश्वास समेत व्यक्त गरे ।
उनले केपी ओलीको नेतृत्वमा सरकारमा आफु सहभागी भएको स्मरण समेत गरे । उनले केपी ओली सुझबुझ र मार्गदर्शनमा काम गरेर राको स्वाभिमानमा एक ईन्च पनि आँच आउन नदिइ भारतले गरेको नाकाबन्दीलाई अन्त्य गर्न सफल भएकोमा गर्व समेत गरे । त्यतिमात्र नभइ राप्रपा अध्यक्ष कमल थापाले ओलीको नेतृत्वमा रेल तेल र विजुलीको दिर्घकालिन खाँका समेत निर्माण गरेको स्मरण गरे ।
उनले पछिल्लो समयको ओलीको नेतृत्वबाट सन्तुष्ट नभए पनि दुई विषेश कामले एमालेलाई सँधै स्मरण गर्ने बताए । उनले केपी ओलीको नेतृत्वमा लिम्पियाधुरा समेत समेटेर नेपालले आफ्नो सिमाको रक्षाको निमित्त प्रतिवद्धदा व्यक्त गरेको र नयाँ नक्सा बनाएर त्यसलाई संविधानमा समेटर देशलाई अविस्मरणिय गुण लगाएको बताए । यसका साथै उनले देशलाई संकटबाट जोगाउन यस महाधिवेशनबाट सहासिक निर्णय गर्ने अपेक्षा समेत गरे ।