काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्। सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए। उनका अनुसार लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन्।
रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्। काठमाडौं र चितवन मध्य एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो। लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्। यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ। ०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए।